२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

कांग्रेसद्वारा मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त



काठमाडौं । नेपाली कांग्रेसले पोखराबाट काठमाडौँतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा आज दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बस मर्स्याङ्दी नदीमा खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले उक्त घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै दुःख व्यक्त गरेको छ ।

बैठकले आजै रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन(नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुङ्गाका कारणले बस अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

उक्त दुवै घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । बैठकले तनहुँ दुर्घटनामा परी मृत्युवरण गकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । कांग्रेसले दुवै घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आज सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, जीवन परियार तथा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, अजयकुमार चौरसिया, शङ्कर भण्डारी, डा आरजु राणा देउवा, जीतजङ्ग बस्नेत र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले धारणा राखेका थिए ।

गत साउन २३ गतेदेखि प्रारम्भ भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि पदाधिकारी र केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही भदौ १२ गते बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  १० : २३ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई