८ आश्विन २०८३, बिहिबार | September 24, 2026

पाकिस्तानका शैक्षिक संस्थाबाट स्नातक नेपाली विद्यार्थी सम्मानित



काठमाडौं । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक भएका नेपाली विद्यार्थीहरुलाई पाकिस्तानी दूतावासले सम्मान गरेको छ ।

नागरिकहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै, पाकिस्तानको दूतावासले काठमाडौँको होटल एलोफ्टमा वार्षिक पूर्व विद्यार्थी भेटघाट कार्यक्रम आयोजना गर्यो।

पाकिस्तानको प्राविधिक सहायता कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडीएस, बी फार्मा, इन्जिनियरिङ, पत्रकारिता, कृषि लगायतका क्षेत्रमा स्नातक भएका विद्यार्थीहरुलाई काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दूतावासले सम्मान गरेको हो ।

शिक्षा, विज्ञान, तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्नातक विद्यार्थीहरुलाई सम्मान गरिन । त्यसअवसरमा मन्त्री भट्टराईले नेपाल(पाकिस्तान मैत्रीपूर्ण सम्बन्धको गहिराई र न्यानोपनलाई स्मरण गरि। उनले नेपालको विकासका लागि, विशेष गरी प्राविधिक शिक्षाको क्षेत्रमा, पाकिस्तानले गरेको समर्थनको सराहना गरिन्।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानले नेपाली विद्यार्थीहरूलाई प्रदान गर्ने शैक्षिक छात्रवृत्तिहरूले पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्धको निकटतालाई प्रतिबिम्बित गरेको बताए । उनले पाकिस्तानमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूको सहजीकरणका लागि निरन्तर प्रयास जारी राख्ने विश्वास दिलाए ।

कार्यक्रममा पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्धलाई बलियो बनाउन योगदान पुर्‍याएका प्रमुख शिक्षाविद्हरू र सामाजिक व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी थिए।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ११ : २१ बजे

नारायणगढ-मुग्लिन सडकमा आज राति सवारी आवागमन बन्द

चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम

ईश्वर पोखरेलसहित सात नेता एमाले स्थायी कमिटी सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा

महिला कबड्डीमा नेपालको जित, एसियाली खेलकुदमा अर्को एक पदक पक्का

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनायो सम्मानित वरिष्ठ नेता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई तारेखमा राखेर