१३ असार २०८३, शनिबार | June 27, 2026

आत्महत्या रोकथामको चेतना फैलाउन सचेतनामुलक साईकल रयाली



बुटवल । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथामको चेतना फैलाउने उद्देश्य सहित वृहत सचेतनामुलक साईकल रयाली निकालिएको छ । नेपाल मनोचिकित्क संघ, नेपाल सामाजिक मनोचिकित्सक संघ र बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा मंगलबार बुटवलमा सचेतनमुलक साईकल रयाली निकालिएको हो ।

‘संवाद शुरु गरौः दृष्टिकोण बदलौ ।’ नारासहित आज विश्वभर विविध रचनात्मक कार्यक्रम गरि विश्व आत्महत्या रोकथाम दिवस मनाईदैछ ।

बुटवलको गोलपार्कबाट शुरु भएको साईकल रयालीमा सहभागीहरुले ‘आत्महत्याबाट बच्नुहोस्, जिउनुहोस् । समस्या अस्थायी, जीवन अमूल्य ।’, ‘आत्महत्या समाधान होइन, सहयोग माग्नुहोस् ।’, ‘आत्महत्या गर्ने मानिसहरू सधैं कमजोर हुँदैनन्, उनीहरू कठिनाइमा छन् ।’, ‘मिथः आत्महत्या बोल्नेले कहिल्यै गर्दैन । तथ्यः मद्दत आवश्यक छ ।’, ‘मिथः आत्महत्या रोक्न सकिँदैन । तथ्यः रोकथाम सम्भव छ, सहयोग खोजौं ।’ लेखिएका प्लेकार्टसहित तिलोत्तमा नगरपालिकाको मंगलापुर, पुरानो सडक हुदै योगीकुटी आएर समापन गरिएको थियो ।

र्याली समापन कार्यक्रममा बोल्दै नेपाल मनोचिकित्क संघका महासचिव डा मनोज ढुगानाले गतवर्षदेखी साईक्लिङसंग जोडेर आत्महत्या रोकथाम दिवसलाई सचेतनामुलक कार्यक्रम अघि बढाएको बताए ।

नेपाल मनोचिकित्सक संघका उपाध्यक्ष डा. सन्दिप सुवेदीले हाम्रो समाजमा आत्महत्याबारेमा सामाजिक गलत धारणा, अन्धविश्वास तथा लोकलाज विद्यमान रहेको बताए । आत्महत्या सम्बन्धी समस्या भएका व्यक्ति वा परिवारका सदस्यले सहयोग पाउनुका बदला भेदभाव, अपहेलना र लान्छना व्यहोर्नुपरेको घटनाहरु धेरै रहेको बताउँदै उनले आत्महत्या रोकथाम दिवसको रुपमा सरोकारवाला निकायहरु समुदायमा पुग्न जरुरी रहेको उनले बताए ।

विद्यालयबाट मानसिक स्वस्थ्य र आत्महत्या रोकथाम सचेतना अघि बढाउने गरि सरकारबाट नै अभियान शुरु भैसकेको उनले बताए । कार्यक्रममा रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले खेलकुद र स्वास्थ्यलाई जोडेर कार्यक्रमहरु अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ४ : ३२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट