२० असार २०८३, शनिबार | July 5, 2026

एनपीएलका आठ मार्की खेलाडी कुन फ्रेन्चाईजीमा छानिए ?



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का आठ मार्की खेलाडीको फ्रेन्चाईजी चयनको लक्की ड्र सम्पन्न भएको छ ।

जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् । त्यसैगरी मार्की खेलाडी कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् । त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।

क्यानले एक कार्यक्रमको आयोजना गरेर लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाएको हो ।

मार्की खेलाडी तीन बर्षका लागि फ्रेन्चाईजीमा रहने तर हरेक सिजनको अन्त्यपछि रिलिज गर्न चाहेमा रिलिज गर्न सक्ने क्यानले बताएको छ ।

एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुने तालिका छ ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  २ : २० बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी