२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट प्रहरीलाई अनुमति



काठमाडौँ । प्रहरीले सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतबाट अनुमति लिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट प्रहरीले लामिछानेलाई पक्राउ गर्ने अनुमति लिएको हो। आइतबार प्रहरीले सहकारी रकम अपचलन प्रकरणमा अनुसनधान गर्न लामिछानेलाई पक्राउ गर्न अनुमतिका लागि अदालतमा निवेदन दिएको थियो ।

पोखराको सूर्यर्दशन सहकारीको रकम गैरकानुनी रुपमा गोरखा मिडिया नेटवर्कमा ल्याएपछि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रतिनिनिधिसभाले निर्देशन दिएको छ।

उक्त निर्देशन कार्यान्वयन गर्न सरकारले लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो। आजै गृहमन्त्री रमेश लेखकले पनि प्रहरीलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ५० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती