१५ भदौ २०८३, सोमबार | August 31, 2026

पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन



नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नव निर्मित भवन उपयोबिहिन भएको हो ।

लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो । निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर ज्ञवालीले जानकारी दिए ।

भवन निर्माण कम्पनीका इन्जिनियर अरविन्द मण्डलका अनुसार नयाँ भवनमा अस्पतालले विद्युत् जडान नगरेकाले हस्तान्तरणमा समस्या भएको बताए । उनका अनुसार भवनको रङरोगन र ‘फिनिसिङ’लगायतका काम सम्पन्न भइसकेको छ ।

अस्पतालको भवन सञ्चालनमा आएसँगै त्यहाँ कार्यरत चिकित्सकलाई आवास र बिरामीलाई पनि थप सहज हुने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए । भवन हस्तान्तरण गर्नेबित्तिकै बिरामीलाई सोही भवनबाट आइसीयू सहित अन्य स्वास्थ्य सेवा प्रदान गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ११ : ५३ बजे

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy