७ आश्विन २०८३, बुधबार | September 23, 2026

कपिलधामको अवलोकनमा मुख्यमन्त्री आचार्य, चालू वर्षमा ४० लाख बजेट



कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेको कपिल आरोग्य मन्दिर कपिलधामको अवलोकन गरेका छन । महर्षी कपिलको पावन तपोभूमिको रुपमा रहेको बाणगंगा नगरपालिका-९ मा अवस्थित कपिल धामको आइतबार अवलोकन गरेका हुन ।

यो धामलाइ प्रदेशको गौरवको आयोजनाको रुपमा अगाडि बढाउन सरकारले ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे । कपिल धामले लुम्बिनी प्रदेशको धार्मिक, सांस्कृतिक, र पर्यटकीय महत्त्वलाई अझ उजागर गर्ने विश्वास लिएका छन ।

प्रदेश सरकारले पुरातात्त्विक र धार्मिक सम्पदाको संरक्षणका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्ने, प्रदेशका धरोहरहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए । ञलुम्बिनी प्रदेशलाइ धार्मिक पर्यटनको केन्द्र बनाउनेगरी सरकारले योजना अघि बढाएको छझ मुख्यमन्त्री आचार्यले भने,- ‘सरकारले यो धामको विकासको लागि ४० लाख बजेट बिनियोजन गरेको छ । यस्ता पुरातात्त्विक सम्पदाको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन गर्न ध्यान दिएका छौं ।’

महर्षि कपिलको पावन तपोभूमि, धार्मिक पौराणिक एवम् ऐतिहाँसिक स्थल कपिलधाम स्थापना भएको थियो । यस क्षेत्रमा योग, ध्यान, सत्संग, जडिबुट, गौशाला, गुरुकुलम्, प्राकृतिक चिकित्सालय, पुस्तकालय, साहित्य बाल उद्यान सञ्चालनको योजना छ । वैदिक संस्कृत विद्यापीठ गुरुकुलमको लागि शैक्षिक अनुदान, कक्षा कोठा भवन र छात्रावास भवन निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने माग राखिएको छ । धामका अध्यक्ष शंकरप्रसाद आचार्यले मुख्यमन्त्री आचार्यलाइ माग पत्र समेत बुझाएका छन  ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : ४६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज