२४ मंसिर २०८२, बुधबार | December 10, 2025

चालु आर्थिक वर्षको दुई महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक(रिपोर्टसहित)



काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

जसअनुसार वार्षिक बिन्दुगत आधारमा आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ । बेंकले प्रकाशित विवरण अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको बैंकले जनाएको छ । यस्तै उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको बैंकले जनाएको छ ।

यसैगरी नेपाल सरकारको खर्च रु.१३७ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१६६ अर्ब ३९ करोड रहेको बैंकले जारी गरेको रिपोर्टमा उल्लेख छ ।

राष्ट्रबैंका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : २१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल