१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

निर्वाचन आयोगको निर्देशन – स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिनु



काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

आयोगले उपनिर्वाचनमा प्रमुख वा उपप्रमुख मध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई निर्देशन दिएको हो । गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये हाल बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन आयोगले दलहरूलाई भनेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगले जनाएको छ ।

आयोगले भनेको छ :

मिति २०८१/०६/३० मा बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट संवत् २०८१/०८/१६ आइतबारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा संवत् २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न  उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ४ : ०५ बजे

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी