७ श्रावण २०८३, बिहिबार | July 24, 2026

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाद्वारा काठमाडौं र पोखरामा प्रदर्शन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा सो पार्टीका कार्यकर्ताहरुले काठमाडौं र पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर र पोखराको मानवअधिकार चोकमा भएको प्रदर्शनमा रास्वपाका सयौं नेता कार्यकर्ता सहभागी भएका छन् । पोखरामा भएको प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरेको भन्दै रास्वपाले प्रदर्शनको आयोजना गरेको हो । प्रहरीले सहकारी ठगी र संगठित अपराध गरेको अभियोग लगाउँदै लामिछानेलाई शुक्रबार साँझ पार्टी कार्यालयबाट नियन्त्रणमा लिएर राति नै पोखरा लगेको थियो । सहकारी पीडितहरुले पोखरामा उनी विरुद्ध उजुरी गरेका छन् ।

तर रास्वपाले भने सहकारीका वास्तविक ठगहरुलाई जोगाउन, भ्रष्टाचारका अन्य घटनाहरु लुकाउन सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापति पक्राउ गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  २ : २० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी