१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति



पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

मंगलबार जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । लामिछानेसहित सोही कसुरमा हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि उनीहरु हिरासतमा रहेका छन् । प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेपनि अदालतले १० दिनको समय मात्रै दिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भैरहेको छ ।

लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा रुपन्देही प्रहरीले पनि पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीबाट अनुमति पाइसकेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ४ : १० बजे

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका