६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण



काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन–०८१ केन्द्रीय संयोजन समिति’ को आज बसेको बैठकले सो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले विभिन्न जिम्मेवारी निर्धारण गरेको हो ।

उक्त निर्णयअनुसार सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोशी प्रदेश, महेन्द्र यादवलाई मधेस प्रदेश, जीवन परियारलाई कर्णाली प्रदेश एवं गण्डकी प्रदेश, प्रवक्ता डा प्रकाशशरण महतलाई अन्तरपार्टी समन्वय, केन्द्रीय सदस्यहरु एनपी साउँदलाई सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मालाई प्रचारप्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ९ : २० बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम