७ श्रावण २०८३, बिहिबार | July 23, 2026

मानव तस्करीमा संलग्न जनप्रतिनिधिलाई कानुनी दायरामा ल्याउन गगन थापाको माग 



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मानव तस्करीमा संलग्न जनप्रतिनिधिलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै महामन्त्री थापाले कानुन सहकारी प्रकरण भएपनि जनप्रतिनिधि मानव तस्करीमा सलग्न भएपनि कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका हुन् ।

थापाले कानुन सबैको लागी बराबर हुनुपर्ने जिकिर गर्दै गल्ती गर्नेले सजाय भोग्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ ।’

कोशी प्रदेशका मन्त्री लिलाबल्लभ घिमिरे जापानमा मानव तस्करी प्रकरणमा मुछिएका छन् । यद्यपी, उनलाई सरकारले अहिलेसम्म कानुनी दायरमा भने ल्याएको छैन ।

थापाले भनेका छन् :

कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्छु कानुनी शासनको मान्यता यही हो । कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ।

सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।

कुनै पनि व्यक्तिलाई राज्यले Selective ढङ्गले हेर्न पाइँदैन । यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो । म यो मान्यतामा अटल विश्वास गर्छु । त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन ।

आज गणेशमान सिंहको जन्म जयन्ती,हामीले गणेशमान सिंहबाट सिकेको पनि यहीँ हो । उहाँका अटल विश्वास,आदर्श र निष्ठाको स्मरण सहित हार्दिक श्रद्धा सुमन !

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  २ : ५० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी