४ चैत्र २०८२, बुधबार | March 18, 2026

सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत



काठमाडौं । नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वटा वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा आज बसको परिषद्को ११३औँ बैठकले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामग्रीकोे बजार मागका आधारमा हाल कायम रहेका गुणस्तरलाई परिमार्जन गरी पारित गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए । उनका अनुसार बैठकले गरगहना, पानी, माटो परीक्षणसँग सम्बन्धित आइएसओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तरअनुरुप परिक्षण विधिका गुणस्तर स्वीकृत गरेको छ ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्य सचिव विभागका महानिर्देशक हुने प्रावधान छ । विभागका महानिर्देशक ज्योति जोशी भट्टले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरी पारित गर्ने प्रावधान रहेको जानकारी दिइन् ।

 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : ३४ बजे

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा