१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

देशभर थपिए ७४३ नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै २२४ थपिए



काठमाडौं । सोमबार कोरोना भाइरसका ७४३ जना संक्रमित थपिएका छन् ।

१० हजार २३४ नमुना पीसीआर परीक्षणमा ७४३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये २४६ महिला र ४९७ जना पुरुष रहेका छन् ।

थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा २२४ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ पुगेको छ । जसमध्ये जना विभिन्न आइसोलेसन सेन्टरमा ९ हजार १५४ रहेका छन् भने ४ हजार ५६१ जना होम आइसोलेसनमा बसेका छन् ।

पछिल्लो २४ घन्टामा १७५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०० पुगेको छ । निको हुने दर ५८ प्रतिशत रहेको छ ।

देशभरका विभिन्न क्वारेन्टिनमा ११ हजार २७५ जना व्यक्तिहरु रहेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ४ : २३ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन