२९ मंसिर २०८२, सोमबार | December 15, 2025

डिशहोमले पायो नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार



काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ ।
यो साझेदारी अन्तर्गत, डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब च्यानलमा प्रशारण गर्नेछ ।

कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहज रुपमा एनपीएल २०२४ का सम्पुर्ण खेलहरु नेपाल भित्र जुनसुकै स्थान वाट सहज रुपमा हेर्न सकिनेछ ।
डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधैं तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत  तारा मानन्धरले बताएका छन् ।
एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उच्चाईमा पु¥याउन मद्दत गर्नका साथै देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरले बताए ।”

एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।

डिशहोम सँगको यो साझेदारी, नेपालमा क्रिकेटको नयाँ युगको सुरुआत हो र नेपाली क्रिकेटको भविष्य उज्जवल बनाउनको लागि सशक्त कदम पनि हो । साथै, यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको छ । एनपीएल को पहिलो सिजन १५ मङ्सिरदेखि ६ पौष २०८१ सम्म (३० नवम्बर देखि २१ डिसेम्बर २०२४) हुँदैछ ।

डिशहोम, नेपालको अग्रणी टेलिभिजन र इन्टरनेट सेवा, तथा डाटा सेन्टर सेवा प्रदायक कम्पनी, सधैं नेपाली खेलकुद र क्रिकेटको विकासमा साझेदार बन्न प्रतिबद्ध रहँदै आएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १२ : ४१ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ