७ श्रावण २०८३, बिहिबार | July 23, 2026

उपनिर्वाचनको आचारसंहिता अनुगमन गर्न अनुगमन टोली



काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन भएको गुनासो आएपछि निर्वाचन आयोगले अनुगमन टोली खटाएको छ । आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा आचारसंहिता अनुगमन टोली खटाएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै आयोगले मंसिर २ गतेदेखि नै आचारसंहिता जारी गरेको थियो । चुनाव प्रचारप्रसारका क्रममा उक्त आचारसंहिता पालना गरेरनगरेको अनुगमनका लागि आयोगले अनुगमन टोली खटाएको हो ।

‘स्थानीय तहउपनिर्वाचन, २०८१को प्रचारप्रसारको क्रममाकाठमाडौँ जिल्लामा आचारसंहिताको उल्लंघन भएको भनी आयोगमा सूचना प्राप्त भएकोले निर्वाचन आयोगबाट लागू गरिएकोआचारसंहिताको पालनाभएरनभएको सम्बन्धमा अनुगमन गर्न काठमाडौँमहानगरपालिका-१६ र कीर्तिपुर नगरपालिकाका लागि देहायका सदस्यहरू रहेको अनुगमन टोली गठन गरी परिचालन गरिएको छ।’ आयोगले प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

आयोगकी प्रवक्ता सहसचिव नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिका अनुसार कीर्तिपुर नगरपालिकामा नेपाल प्रहरीका एसएसपी दीपक रेग्मी, सशस्त्र प्रहरीका एसपी अशोक न्यौपाने, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी सहितको टोली खटाइएको छ ।

यस्तै, काठमाडौं(१६ मा सहसचिव नारायणप्रसाद सापकोटा, सशस्त्र प्रहरीका एसएसपी दिगविजय सुवेदी, उपसचिव सीता पुन श्रीष र एसपी सञ्जयसिंह थापालाई अनुगमनका खटाइएको छ ।

आयोगले उपनिर्वाचन हुने प्रत्यस स्थानीय तहमा प्रचारप्रसारको सूक्ष्म अध्ययन अनुगमन गरिरहेको जनाएको छ । आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को व्यवस्था अनुसार उम्मेदवारी रद्द गर्ने चेतावनीसमेत आयोगले दिएको छ ।

‘आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रद्द गर्न सक्ने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइएको छ।’ विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : ३७ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट