२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

भारतको रायगढ़मा पाँच तले भवन भत्किदा २ जनाको मृत्यु, १८ जना पुरिएको आशंका



एजेन्सी । महाराष्ट्रको रायगढ़ण्स्थित काजलपुरा क्षेत्रमा सोमबार साँझ पाँच तले भवन भत्किएको छ ।

कलेक्टर निधि चौधरीका अनुसार उक्त दूर्घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा अझै १८ जना पुरिएको आशंका गरिएको छ । ६० जना भने सुरक्षित बाहिर आउन सफल भए । हाल उद्धार कार्य जारी रहेको छ ।

सोमबार नै महाराष्ट्रका मन्त्री अदिति तत्कारे र एकनाथ शिन्दे घटनास्थल पुगेका थिए । उनीहरुका अनुसार उद्धारका लागि एनडीआरएफका तीन टोली खटिएका छन् । घटनामा गम्भीररुपमा घाइते भएकाहरुलाई मुम्बई पठाइएको छ । यस घटनाबारे एसआईटीले जाँच गराइने उनीहरुको भनाइ थियो ।

यता, गृहमन्त्री अमित शाहले ट्वीट गर्दै रायगढमा भएको घटनाबारे एनडीआरएफका डीजीसँग आफ्नो कुराकानी भएको र उद्धारका लागि हरसम्भव प्रयास गरिएको बताएका छन् । एक अधिकारीका अनुसार मुख्यमन्त्री उद्धव ठाकरेले पनि जिल्लाका अधिकारीहरुसँग कुराकानी गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त भवन १० वर्ष पुरानो रहेको थियो र त्यहाँ ५० परिवार बसोबास गर्दै आएका थिए । रायगढका शिवसेनाका विधायक भरत गोगावलेले भवन निर्माणमा कमसल वस्तुको प्रयोग गरिएको आरोप लगाएका छन् । उनले यही कारणले भवन भत्किएको दाबी गरे । स्रोत : दैनिक भास्कर

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ९ : ५७ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात