१८ चैत्र २०८२, बुधबार | April 1, 2026

माओवादीले जित्यो ग्रामथानको अध्यक्ष र नलगाडको उपप्रमुख



मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा माओवादी उम्मेदवार माझीका निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

यसैगरी जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछानले चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित भएकी छिन् ।

उनको निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरेको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए। उनका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो । यसअघि नलगाडको उपप्रमुख कांग्रेसले जितेको थियो ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवीनकुमार बान्तावा राईले नौ सय २३ विजयी भएका छन् । आइतबार सम्पन्न स्थानीय तह निर्वाचमा उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गरेको निर्वाचन कार्यलयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ४० बजे

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको

नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज ७४ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७४ दशमलव ७३

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी प्रयासविरुद्ध १४ संगठनको संयुक्त विरोध

काठमाडौं । विद्यार्थी संगठनहरु खारेज गर्ने र विश्वविद्यालयबाट विद्यार्थी संगठनहरूलाई