२५ भदौ २०८३, बिहिबार | September 10, 2026

आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । मंगलबार बिहानको पहिलो खेलमा सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन् ।

सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९:१५ बजे सुरु हुनेछ भने चितवन र पोखराको दोस्रो खेल दिउँसो १:१५ बजे प्रारम्भ हुन्छ । दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा हुनेछन् ।

पोखरा र सुदूरपश्चिमले प्रतियोगितामा पहिलो खेल खेल्न लागेका हुन् । विराटनगर सन्दीप लामिछानको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिने छ । उद्घाटन खेल खेलेको विराटनगर जितबिहीन छ । विरानगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो ।

यता पहिलो खेलमा सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले हराएको चितवनले दुई अंक जोडिसकेको छ । चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ भने पोखरा पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गर्न चाहन्छ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : १२ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त