८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपाल प्रिमियर लिग : विराटनगरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले सुरुमा ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित्र त्रिवि मैदानमा टस जितेर विराटनगर किंग्सले सुरुमा बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् । सुदूरपश्चिम मंगलबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलको पहिलो खेल खेल्दैछ । विराटनगर भने उद्घाटन खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको हो ।

दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन् । चितवन र पोखराको दोस्रो खेल दिउँसो १ बजे प्रारम्भ हुनेछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ ।

पहिलो खेलमा सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले हराएको चितवनले दुई अंक जोडिसकेको छ । चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ भने पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गर्न चाहन्छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : ०२ बजे

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

कपुर-खनाल भेट, नेपाल-अमेरिका सम्बन्धबारे छलफल

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पल

नेपालगन्ज १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगन्ज । नेपालगन्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको