२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल प्रिमियर लिग : सुदूरपश्चिम रोयल्सको सहज जित, विराटनगर किंग्स ९० रनले पराजित

विराटनगरको लगातार दोस्रो हार



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । विराटनगरको यो लगातार दोस्रो हार हो ।

सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि बासिर अहमदले २४ र राजेश पुलामी मगरले १५ रन बनाए । क्रिश सोल र अनिल खरेलले क्रमश: ९ र १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ओपनर मार्टिन गप्टिल गोल्डन डकआउट भए ।

सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजन र अविनाश बोहराले ३/३ तथा ब्राण्डन म्याकमुलन र इशान पाण्डेले १-१ विकेट लिए ।

यसअघि सुदूरपश्चिमले पूरैओभर खेलेर ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि सोमबार जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले बनाएको १४१ रन नै उच्च स्कोर थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५७ रन बनाए । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै, इशान पाण्डेले ३८, ब्राण्डन म्याकमुलनले ३६, विनोद भण्डारीले २३, सैफ जैबले १४, स्कट कुग्गेलिजनले १०, आरिफ शेखले ९, र अमित श्रेष्ठले १ रन जोडे ।

विराटनगरका लागि अनिल खरेलले ३ तथा क्रिस सोल, इस्मात आलम र बसिर अहमदले १-१ विकेट लिए ।

अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : २६ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ