८ बैशाख २०८३, मंगलबार | April 21, 2026

धवनको अर्धशतकमा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य



काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

बुधबार बिहान कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको हो ।

कर्णालीका लागि शिखर धवनले अर्धशतक प्रहार गरे । धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे ।

जिसान मक्सुदले ११ बलमा अविजित १४ रन जोडे ।

चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले १२ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।

बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए । आजको दोस्रो खेल विराटनगर र लुम्बिनी बिच दिउँसो १ बजे हुँदै छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १० : ५२ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति