२ पुस २०८२, बुधबार | December 17, 2025

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको कीर्तिमानी लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको दोस्रो खेलमा लुम्बिनी लाइन्सले विराटनगर किङ्ग्सलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरमा लुम्बिनीले ७ विकेट गुमाउँदै एनपीएलको जारी सिजनको सबैभन्दा उच्च १९१ रन जोडेको हो ।

जारी प्रतियोगितामा लुम्बिनीले बनाएका यो सबैभन्दा उच्च रन हो । यसअघि विराटनगरविरुद्ध नै सुदूरपश्चिम रोयल्सले १८२ रनको उच्चको स्कोरको चुनौती दिएको थियो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको लुम्बिनीका कप्तान रोहित पौडेल अर्धशतक पूरा गर्न ४ रनले चुके । विराटनरलाई यो लक्ष्य प्रस्तुत गर्ने क्रममा उनले २९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन जोडे ।

इङ्ल्यान्डका ब्याटरसमेत रहेका टम मूर्सले लुम्बिनीका लागि १७ बलमा ३० रन जोडे । १ चौका र ३ छक्का प्रहार गरेका उनी रन आउट भएका थिए ।

घरेलु अलराउन्डर विवेक यादवले अविजित १९ रन जोडे । सात बल खेलेका उनले तीन छक्काको मद्दतमा राम्रो स्कोर गरे । तर लुम्बिनीका दुवै ओपनरको ब्याटिङ चलेन । ओपनर आशुतोष घिरियाले १५ र अर्का ओपनर अर्जुन साउदले १७ रन जोडे ।

विराटनगरका सन्दीप लामिछानेले लिगको पहिलो विकेट लिने क्रममा साद बिन जफरलाई मार्टिन गुप्टिलमार्फत क्याच आउट गराए । जफरले १३ बलमा १५ रन जोडे । सन्दीप जोराले १३ बलमा १२ रन जोडे ।

बलिङतर्फ इस्मत आलम, राजेश पुलामी मगर र सन्दीपले एक-एक विकेट लिए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ३ : ०३ बजे

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश