२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सको रवाफिलो प्रदर्शन जारी छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको सहज जित निकालेको छ ।

पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दै दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले ७ विकेटको क्षतिमा १७ बाँकी रहँदै जित पक्का गरेको हो ।

जनकपुरलाई जिताउने क्रममा लाहिरु मिलान्थाले ३२ बलमा सर्वाधिक ४५ रनको योगदान गरे । त्यसैगरी आशिफ शेखले ३४ बलमा ३३ रन बनाए । नटआउट रहेका जेम्स मिसनले २० बलमा विस्फोटक ४० रनको योगदान दिए ।

पराजित पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र मिचेल लिस्कले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्न सफल भएको थियो ।

पाेखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाएका थिए ।

उता जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, जिमी निसमले दुई तथा मोहम्मद मोहसिन र किशोर महतोले समान एक विकेट लिए ।

जनकपुरले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै आफ्नो प्रभाव कायमै राखेको छ । लगातार तीन खेल जित्ने जनकपुर पहिलो टोली पनि भएको छ ।

जनकपुरले पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा उसले कर्णाली याक्सलाई पनि पराजित गरेको थियो ।

उता पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार भोग्दै कर्णाली याक्स र विराटनगरकै नतिजालाई पछ्याएको छ । पोखरा पहिलो खेलमा छिमेकी चितवन राइनोजसँग पराजित भएको थियो । दोस्रो खेलमा पनि उसले आफ्नो खराब लयलाई निरन्तरता दिँदा नतिजा जनकपुरको पक्षमा गयो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : ३६ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ