२५ भदौ २०८३, बिहिबार | September 10, 2026

लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित, गौसले बनाए शतक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले ओपनर एन्ड्रिज गौस र दिनेश खरेलको उत्कृष्ट साझेदारी सहयोगमा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित नेकालेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १७१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका उत्रिएको पोखराले विकेट नगुमाई १७६ रन बनाएको हो ।

पोखराका आपेनरहरूले विस्फोटक ब्याटिङ गर्दा लुम्बिनीविरुद्ध सहज जित निस्किएको हो । एन्ड्रिज र दिनेशले पावर प्लेमा ८० रनको साझेदारी गरे । जारी प्रतियोगिताको पावर प्लेमा बनेको यो सबैभन्दा बढी रन हो । यसअघि पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले पावर प्लेमा १ विकेटको क्षतिमा ६२ रन बनाएको थियो ।

त्यस्तै, जारी प्रतियोगितामा एन्ड्रिज र दिनेशको यो सबैभन्दा बढी १७६ रनको साझेदारी हो ।

यही खेलमा पोखराका ब्याटर एन्ड्रिजले प्रतियोगिताको पहिलो शतक प्रहार गरे । अर्को ओपनर दिनेशले खरेलको पनि अर्धशतक प्रहार गरे । ४ चौका र ४ छक्काको सहयोगमा उनले ४६ बलमा ६१ रन प्रहार गरे ।

जारी प्रतियोगिता एकै टिमका खेलाडीले शतक र अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ४ : १६ बजे

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह