१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनीलाई १ रनले पराजित गर्दै जनकपुर विजयी, लुम्बिनीको लगातार चौथो हार



काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) प्रतियोगितामा लुम्बिनी लायन्सले चौथो हार व्यहोरेको छ ।

उसलाई आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले केबल १ रनको झिनो अन्तरले हराएको हो ।

जनकपुरले दिएको १३७ रनको सामान्य चुनौती पनि लुम्बिनीले भेट्टाउन नसकेको हो । जनकपुरले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो ।

त्यसलाई पछ्याउने क्रममा पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रनमा समेटिँदा १ रनको हार भोगेको हो । लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा २ रन चाहिएको थियो । तर सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनी निराश हुन पुगेको हो ।

पराजित लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यसैगरि टोम मुरेको नाममा ३१ रन रह्यो । उता अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।

लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष थकेर एक्लैले ५ विकेट लिन सफल भए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले १/१ विकेट लिए ।

लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा चमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको थियो । तर बलिङमा कमब्याक गरेको लुम्बिनी ब्याटिङमा जम्न नसक्दा लगातार निराशाको सामना गर्न विवश भएको छ ।

पहिले ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके । उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे ।

उनी सन्दीप जोराको बलमा क्याच आउट भए । जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए ।

लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके । मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए ।

कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए । उसका लागि सन्दीप जोराले एक-एक विकेट हात पारे ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ३१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष