१ पुस २०८२, मंगलबार | December 16, 2025

एनपीएल : लगातार चौथो जितबाट चुक्यो सुदूरपश्चिम, चितवनसँग ३३ रनले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको तेह्रौँ भिडन्तमा चितवन राइनोजले बाजी मारेको छ ।

चितवनले बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराउन सफल भएको हो । यससँगै सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

चितवनसँगको हारले सुदूरपश्चिम लगातार चौथो जित निकाल्न पनि चुकेको छ । कीर्तिपुर मैदानमा आइतबार खेलमा फितलो ब्याटिङका सुदूरपश्चिम मध्यम लक्ष्य भेट्टाउन असफल भयो ।

१६४ रनको लक्ष्य पछ्याउको सुदूरपश्चिमले १३१ रनको अवस्थमा १८ दशमलव २ ओभरमा नै सबै विकेट गुमायो ।

आजको खेलमा सुदूरपश्चिमका ब्याटरहरुको प्रस्तुति सम्झनलायक रहेन । इशान पाण्डेले टीमका लागि सर्वाधिक ३५ रन जोडे । २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमर राटौलाको बलमा दीपक बोहोराबाट क्याच हुँदै आउट भएका हुन् ।

बलिङतर्फ चितवनका अमर, कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रिजन ढकाले समान २/२ विकेट लिए । सोहल तनवीरको नाममा १ विकेट रह्यो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : ३९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज