२५ भदौ २०८३, बिहिबार | September 10, 2026

लुम्बिनीविरुद्ध सुरुमा फिल्डिङ गर्दै चितवन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान हुने खेलमा चितवन राइनोजले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ । लुम्बिनी लायसन्ससँगको प्रतिस्पर्धामा टस जितेसँगै चितवनले फिल्डिङ गर्ने निर्णय लिएको हो । यससँगै लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ ।

हालसम्म खेलेका ४ खेलमा चितवनले ३ खेलमा जित निकालेको छ । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो ।

त्यस्तै तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो ।

उता लुम्बिनीले भने हालसम्म खेलका चार वटै खेलमा पराजय व्यहोरेको छ । लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो भने पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध बनेको थियो । त्यस्तै सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले स्तब्ध बनेको थियो ।

दुवै टोलीले यसअघि चाररचार खेल खेलिसकेकामा चितवन पाँचौँ खेलमा चौथो जितको खोजीमा हुनेछ । उता पाँचौँ खेलमा चितवनलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यका साथ लुम्बिनी मैदानमा उत्रँदै छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा पोखरा र कर्णाली भिडदै छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ०३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,