२४ भदौ २०८३, बुधबार | September 9, 2026

लगातार हारेको लुम्बिनीले पहिलो जित निकाल्दा चितवनलाई धक्का



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ । यससँगै लगातार तीन खेलको हारपछि लुम्बिनीले पहिलो जित निकालेर राहतको श्वास फेरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको चितवनले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले यसअघिका चारमध्ये चारै खेलमा हारको सामना गरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग दुई विकेटले हारेको थियो । दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय व्यहोरेको थियो । लुम्बिनी तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनले हारेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : २९ बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु