२९ मंसिर २०८२, सोमबार | December 16, 2025

काठमाडौंलाई विराटनगरले दियो ११८ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजसामु विराटनगर किंग्सले ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको हो ।

विराटनगरका राजेश पुलामीमगरले २१ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २५ रन बनाए । दीपक बोहराले २० रन जोडे । २४ बल खेलेका दीपकले दुई चौका प्रहार गरे ।

स्कट एड्वार्ड्सले १४ बलमा एक छक्कासहित १५ रन थपे । बसिर अहमेदले १३ र निकोलस किर्टोनले १२ रन बनाए । विराटनगरलाई मध्यम योगफलमा रोक्न काठमाडौंका गेरहार्ड इरास्मसले तीन विकेट लिए । चार ओभर बलिङ गरेका इरास्मसले १७ रन मात्र खर्चिए ।

दिपेश कँडेलले दुई विकेट लिए । दिपेशले चार ओभरमा १६ रन खर्चिए । साहब आलम, करण केसी र डान डथवेटले एक/एक विकेट लिए । प्रतियोगिताको प्लेअफ समीकरणमा कायम रहन काठमाडौंलाई आज जित्नैपर्ने दबाब छ । ६ खेलबाट ६ अंक जोडेको काठमाडौं तालिकाको पाँचौँ स्थानमा छ ।

आजको खेलमा पराजित भए काठमाडौं प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने चौथो टोली बन्नेछ । ६ खेलबाट चार अंकसहित छैटौँ स्थानमा रहेको विराटनगर भने प्लेअफ समीकरणबाट बाहिरिइसकेको छ ।

एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन् । यो खेल देउँसो १ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : ५१ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको