२९ मंसिर २०८२, सोमबार | December 16, 2025

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको मध्यम चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सलाई १०२ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले पूरै २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो ।

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिएर दुई विकेट लिएका हुन् । उसका लागि स्कट कुग्गेलिजन, हरमित सिंहले दुईदुई विकेट हात पार्दा सैफ जैबले एक विकेट हात पारे ।

कर्णालीका लागि जिशान मकसुदले सर्वाधिक ३० रन बनाए । ३५ बल खेलेका उनले चार चौका हिर्काए । विलियम बोसिस्टोले १६ रन बनाउँदा बाबर हयात १३ रनमा समेटिए । कर्णालीका लागि कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११-११ रन बनाए । देव खनाल ७ र गुल्सन झा २ रनमा रनआउट भए । ओपनर रित गौतम भने तीन बलको सामना गरेर शून्यमा आउट भएका थिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ४५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको