५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मनाङका स्वास्थ्य प्रमुखलाई नै कोरोना पुष्टि, जिल्ला अस्पताल सिल



मनाङ । मनाङमा थप २ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई मंगलबार संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए ।

स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरू सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए ।

भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको प्रजिअ गिरीले बताए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको उल्लेख छ ।

‘मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना संक्रमण देखिएको छ,’ मेडिकल अधिकृत डा. अधिकारीले भने । उनका अनुसार दुवै संक्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् । हालसम्म मनाङमा संक्रमितको संख्या ५ पुगेको छ भने १ जना निको भइसकेका छन् । यही ७ भदौमा संक्रमण पुष्टि भएका २ शिक्षकको सम्पर्कमा आएका १ सय १५ जनाको पीसीआर परीक्षणका लागि स्वाब नमूना संकलन गरिएकामध्ये आज २ जनामा संक्रमण पुष्टि भएको हो ।

मनाङमा संक्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी हुन् । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान र स्वाब संकलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिए । त्यस्तै, सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवाहरू यही १५ भदौसम्मलाई स्थगित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । रासस

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ९ : ४९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं