२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

एनपीएल दोस्रो क्वालिफायर : फाइनलको लक्ष्यसहित मैदान उत्रिँदै जनकपुर र कर्णाली



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ । यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ ।

दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो ।

पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ । दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहीबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ ।

\तर जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमै २ विकेटको क्षतिमा जनकपुरले दिएको १४० रनको लक्ष्य पूरा गरेको हो । यसअघि लिग चरणको खेलमा मंसिर २६ गते जनकपुर र सुदूरपश्चिम आमनेसामने भएका थिए । उक्त खेलमा सुदूरपश्चिम ७२ रनले विजयी भएको थियो ।

त्यो खेलमा सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जनकपुरलाई १२३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफी ब्याटिङका उत्रिएको जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ७ : २६ बजे

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता