२२ मंसिर २०८२, सोमबार | December 8, 2025

एनपीएल दोस्रो क्वालिफायर : फाइनलको लक्ष्यसहित मैदान उत्रिँदै जनकपुर र कर्णाली



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ । यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ ।

दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो ।

पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ । दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यो खेल बिहीबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ ।

\तर जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमै २ विकेटको क्षतिमा जनकपुरले दिएको १४० रनको लक्ष्य पूरा गरेको हो । यसअघि लिग चरणको खेलमा मंसिर २६ गते जनकपुर र सुदूरपश्चिम आमनेसामने भएका थिए । उक्त खेलमा सुदूरपश्चिम ७२ रनले विजयी भएको थियो ।

त्यो खेलमा सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जनकपुरलाई १२३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफी ब्याटिङका उत्रिएको जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ७ : २६ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन