२४ भदौ २०८३, बुधबार | September 9, 2026

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै



काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२:१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

यस्तो छ दुई टिमको फाइनलसम्मको यात्रा

फाइनलसम्मको यात्रा तय गर्दा जनकपुरले नौ र सुदूरपश्चिमले आठ खेल खेलेका छन् ।

जनकपुरले प्रतियोगिताको सुरुका चार खेलमा लगातार जित निकाल्दै बलियो सुरुआत गरेको थियो । तर, लिग चरणका अन्तिम तीन खेल खेल्दा भने जनकपुरले दुई खेलमा हार व्यहोरेको हो ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटको नै, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो ।

पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार व्यहोरेको थियो । छैटौँ खेलमा काठमाडौंविरुद्ध पाँच विकेटको जित निकालेको जनकपुरले सातौँ खेलमा चितवन राइनोजसँग ३२ रनको हार व्यहोरेको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हार व्यहोरेको जनकपुरले दोस्रो क्वालिफायरमा भने कर्णाली याक्सविरुद्ध दुई विकेटको कठिन जित निकालेको थियो ।

यता, लिगको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको र तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार व्यहोरेको थियो ।

पाँचौँ खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सविरुद्ध ७२ रनको, छैटौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको र सातौँ खेलमा कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ४४ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै