९ पुस २०८२, बुधबार | December 24, 2025

माओवादी केन्द्रीय समितिको बैठक आज पनि जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । हिजोबाट काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकको पहिलो दिन आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

उनले प्रतिवेदनमा बृहत् बामपन्थी एकतलाई प्राथामिकता दिने योजना ल्याएका छन् ।

प्रचण्डले आगामी फागुन १ गतेदेखि एक महिना तराई-मधेश जागरण अभियान चलाउने बताएका छन् । उनले हुलाकी राजमार्गलाई आधारित बनाएर अर्को एक महिने अभियान चलाउन प्रस्ताव पनि गरेका छन् ।

प्रचण्डले सम्बोधनका क्रममा माओवादी केन्द्रीय समितिको आकार ठूलो भएकोमा चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : २८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना