१० बैशाख २०८३, बिहिबार | April 23, 2026

माओवादी केन्द्रिय समिति बैठक सुरू, १०० जना सदस्यले धारणा राख्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक सुरू भएको छ । गत आइतवार देखी सुरू भएको केन्द्रिय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि बैठक जारी रहेको हो ।

बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ । आजका बैठकमा बोल्न बाँकी रहेका १०० जना केन्द्रिय सदस्यले धारणा राख्दैछन्। हिजो ८० जनाले धारणा राखेका थिए।

केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्, जसमा प्रत्येक केन्द्रिय सदस्यहरूलाइ बोल्न ३–३ मिनेटको समय निर्धारण गरिएको छ ।

प्रचण्डले युद्दकालमा र संबिधान जारी अघि उठाएको ‘आत्मनिर्णयको अधिकार र जातीय पहिचानको मुद्दा’ ब्युत्याएर जानु पर्ने पुनः तर्क गरेका छन । गत स्थानिय तहको उपनिर्वाचनवाट उत्साही भएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन एक्लै होमिने, सत्य निरूपण मेलमिलाप आयोगमा सत्तारूढ दल नेकपा एमालेले असहयोग गरेको, आफ्नो तेस्रो कार्याकालमा भ्रष्टचार बिरूद्द र सुशाषनको पक्षमा उभिँदा जनता र पार्टी कार्यकर्तामा उत्साह छाएको जस्तो बिषय समेटेर प्रतिबेदन पेश गरेका छन् ।

जसमा केन्द्रिय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठकमा उपराष्ट्रपति नन्दकिशोर पुनलाइ पुनः पार्टीमा फर्काउने तयारीका बारेमा भने बिरोध गरिएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १२ : ४९ बजे

२७५ ग्राम ब्राउनसुगर सहित खजुराका खाँ पक्राउ

नेपालगन्ज । बाँकेको खजुराबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन

मन्त्रिपरिषदको तीन निर्णय, प्रहरीको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय उल्ट्याइयो

काठमाडौँ । विभिन्न तीनवटा निर्णय गर्दै आज बसेको मन्त्रिपरिषद् बैठक

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी राज्य प्रणाली : श्रम संस्कृतिको संविधान संशोधनमा सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीले बालेन्द्र सरकारले प्रस्ताव गरेको संविधान

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा

काठमाडौँमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ श्रेणीमा, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।