१० बैशाख २०८३, बिहिबार | April 23, 2026

रवि लामिछाने तत्काल नछुट्ने, काठमाडौंसहित बयान लिइएका जिल्लाहरुमा लैजाने प्रहरीको तयारी



काठमाडौं । सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन्।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो। लामिछानेले धरौटी रकम बुझाइसकेका छैनन्।

प्रहरीले भने लामिछानेलाई तत्कालै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ। लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले लामिछानेलाई काठमाडौं लैजाने तयारी रहेको बताए।

लामिछानेलाई काठमाडौंपछि पनि सहकारी ठगी गरेको अर्को स्थानमा लगिने अनुमान गरिएको छ। लामिछानेबिरुद्ध चितवन, रुपन्देही र पर्सामा पनि सहकारी ठगीको आरोपमा मुद्दा रहेको छ।

‘जहाँ-जहाँ पहिले बयान लिइएको छ, त्यहाँ त्यहाँ उहाँलाई उपस्थित गराइन्छ,’ ती प्रहरी अधिकृतले भने।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : ३४ बजे

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा

काठमाडौँमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ श्रेणीमा, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ-मुना-ढोरपाटन निर्माणमा

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय