१० श्रावण २०८३, आइतबार | July 26, 2026

बाँकेको जेठो सहकारीको खुद नाफा १४ लाख



खजुरा । बाँकेको जेठो सहकारीकारुपमा रहेको सहकारी संस्था लिमिटेडले आव ०८०/८१ मा १४ लाख बढी खुद नाफा कमाएको छ । २०२३ सालमा साझा संस्थाका नामबाट स्थापना भएको खजुरा सहकारी संस्थाको ३१ औ साधारणसभामा प्रस्तुत आर्थिक प्रतिबेदनमा १४ लाख बढी खुद मुनाफा गरेको उल्लेख छ ।

साधारणसभाको उदघाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले सहकारीलाई नियमन गर्न पालिका सरकार प्रतिबद्ध रहेको बताए । उनले साना सहकारीहरुलाई मर्ज गर्न अपिल गर्दै सहकारी संस्थाहरुलाई अगाडि बढाउन पालिका सरकारबाट सहकार्य गरिने बताए । साना साना लगानीबाट ठूलो उद्यम गर्ने कार्यक्रम बनाउन आह्वान गर्दै अध्यक्ष बिकले राम्रोसँग चल्न नसकेका सहकारी मर्ज गरेर व्ष्वस्थापन सुधार गर्न सुझाव दिए ।

कार्यक्रममा बोल्दै सकहारी संस्थाका जिल्ला प्रतिनिधि महेन्द्र मल्लले सहकारीको छाता संगठन बनाएर अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे । उनले किसानलाई सहज मल बीउ उपलब्ध गराउन आफू सहकारीमा आएको उल्लेख गर्दै केही सहकारीका कारण सहकारी क्षेत्र बदनाम भएपनि खजुराको सहकारीले नमुना काम गरेको बताए । उनले सहकारीमा पार्टीगत उम्मेदवारकारूपमा चुनाव नलड्न आग्रह गर्दै सक्षम नेतृत्व चयन गर्न शेयर सदस्यहरुलाई अपिल गरे ।

कार्यक्रममा ७० वर्ष पुरा भएका जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो । सहकारीका असल ऋणी, असल बचतकर्ता र स्थायी निक्षपकर्तालाई पनि सम्मान गरिएको थियो । सम्माननीतहरुलाई जिल्ला प्रतिनिधि महेन्द्र मल्लले नगद र प्रमाणपत्रबाट सम्मान गरेका थिए ।

साधारणसभामा प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष निर्मल खनालले आव ८०/८१ मा संस्थाले गरेको ७ करोढ ३८ लाखको कारोबारबाट १४ लाख बढी खुद नाफा गर्न सफल भएको बताए ।

७९/८० मा १८ लाख बढी खुद नाफा गरेको सहकारीले गत आवमा ४ लाख कम मुनाफा कमाएको हो । आर्थिक मन्दी र स्थानीय सरकारबाट कार्यक्षेत्र घटाइदिँदा खुद मुनाफा घटेको सहकारीका प्रमुख ब्यवस्थापक राम प्रसाद शर्माले जानकारी दिए । उनले दुर्गा प्रसाईको आन्दोलनको प्रभावबाट केही ऋणीहरुले साँवा ब्याज नतिरेको जनाउँदै मलखाद बिक्रि गर्ने कार्यक्षेत्र घटाइँदा नाफामा असर परेको बताए ।

खजुरा सहकारी संस्थामा ६०३ जना शेयर सदस्य आवद्ध छन् । कार्यक्रममा पूर्व अध्यक्षहरु बेदनिधि प्याकुरेल र बिर प्रसाद देवकोटा, रेडक्रस खजुराका सभापति जीवनाथ सापकोटा, बागेश्वरी सहकारीकी अध्यक्ष कमला न्यौपानेलगायतले साधारणसभा र अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : २३ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले