१४ कार्तिक २०८३, शनिबार | November 1, 2026

सिजी मोटर्सको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर बुटवलमा सार्वजनिक



बुटवल । सिजी मोटर्सले बुटवलमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी दुई मोटरसाइकल ग्राण्ड लन्च गरीएको हो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, बुटवल-९ का वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठ, बुटवलस्थित सिजी मोटर्सको आधिकारिक बिक्रेता हिमालयन अटो ट्रेडिङ्ग प्रालिका म्यानेजिङ डाइरेक्टर भेषराज गैरेलगायतले नयाँ मोटरसाइकल सार्वजनिक गरेका हुन् ।

हिरोको एक्स्ट्रिम १६० आर फोरभीको मूल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टको लागि ३ लाख ११ हजार ९ सय रहेको सिजी मोटर्सका लुम्बिनी प्रदेश एरिया सेल्स म्यानेजर नेत्र कुँवरले जानकारी दिए । सार्वजनिक भएका दुवै मोडेलहरू नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्बली प्लान्टमा एसेम्बल गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्स्ट्रिम १६० आर फोरभीमा १६० सिसी सेगमेन्ट रहेकोमा सार्वजनिक गरिएको बाइकमा १६३ सिसी ४-भल्भबीएस-भीआई इन्जिन रहेको छ । यसले ८ हजार ५ सय आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५ सय आरपीएममा १४।६ एनएम टर्क उत्पादन गर्छ । १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिने कम्पनीले जनाएको छ ।

एक्स्ट्रिम १२५ आर १२५ सिसीको इन्जिन रहेको छ । यसमा ईबीटी प्रणाली उपलब्ध छ । एक्स्ट्रिम १२५ आरको मस्कुलर र सार्प डिजाइनअन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलइडी हेडल्याम्प, एलइडी टर्न सिग्नल, र सिग्नेचर एलइडी टेल लाइट समावेश रहेको सिजी मोटर्सका रिजनल सेल्स म्यानेजर विभेक सिंघालले जानकारी दिए ।

हिरोले आकर्षक डिजाइनसहितको नयाँ मोटरसाइकलहरू सार्वजनिक गर्दै कलाकारमार्फत सांगीतिक प्रस्तुतिसमेत दिएको थियो । कार्यक्रममा गायक निशान भट्टराई, गायिक सुजाता पाण्डेलगायतले आआफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ५७ बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति