२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

प्रचण्डद्वारा बाँकेको खजुरामा बहुउद्देश्यीय सभा हल उद्घाटन



बाँके । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजार निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको उद्घाटन गरेका छन् ।

खजुरा गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गरेको सो सभाहलको अध्यक्ष प्रचण्डले बिहीबार उद्घाटन गरेका हुन् ।

सभाहलको उद्घाटनपछि बोल्दै प्रचण्डले बहुउद्देश्यीय सभाहलले विकासको आकाङ्क्षा सम्बोधन गर्न र समृद्ध खजुरा बनाउन सहयोग पुग्ने धारणा राखे ।

सभाहल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७६ जेठ २१ गते अमर कन्स्ट्रक्सन प्राली कालिमाटी काठमाडौंसँग सम्झौता भएको थियो ।

यसको लागत अनुमान छ करोड ४२ लाख ८९ हजार ७९० रुपियाँ रहेकोमा चार करोड ८५ लाख ६१ हजार ५६१ रुपियाँमा निर्माण सम्झौता भएको हो । सभाहल तीन हजार ९९९ वर्गमिटर क्षेत्रफलको छ ।

यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले खजुरा ३ स्थित जनता नमुना माविमा निर्माण भएको स्मारकको उद्घाटन गर्नुभएको छ । स्मारक करिब ५० लाखको लागतमा निर्माण भएको खजुरा गाउँपालिकाका इन्जिनियर सोनु शाहले जानकारी दिए ।

पालिकाको २९ लाख १० हजार र स्थानीय जनश्रमदान १९ लाख ५४ हजार ९०६ रुपैयाँको लागतमा स्मारक निर्माण गरिएको हो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मन्जु मल्लले पालिकाभित्र निर्माण भइरहेका गौरवका आयोजना प्राथमिकता दिएर काम अघि बढाएको बताए ।

यसअघि अध्यक्ष प्रचण्डले खजुराको धौलागिरीमा सहिद डम्बर रानाभाटको घरमा सहिद परिवारका सदस्यसँग भेटघाट गरेका थिउ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ४ : ०७ बजे

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको

आज तेस्रो प्रदेश भाषा दिवस, वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको