२३ भदौ २०८३, मंगलबार | September 8, 2026

काँकडभिट्टाबाट ब्राउनसुगर बोकेर बस चढेका भारतीय नागढुंगामा पक्राउ



काठमाडौं । लामो दुरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत उत्तर दिनेशपुरका ३७ वर्षीय गोविन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका(११ का २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका(११ का ३८ वर्षीय विनोद तामाङ रहेका छन्।

उनीहरूलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको टोलीले बिहीबार चन्द्रागिरि नगरपालिका(२ नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरकी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमा कुमारी चन्दका अनुसार उनीहरूको साथबाट १५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ।

चन्दका अनुसार बाला काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.१(०१(००६ख ४७९६ नम्बरको बसमा सवार थिए। बसको ए साइडको १३ नम्बर सिटमा बसेर आएका बालालाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो।

चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि प्रहरीले सोधपुछ गर्दा बालाले महर्जन र तामाङलाई दिन ल्याएको बताएका थिए।

ती दुई जनालाई बा५१प ७५५८ नम्बरको मोटरसाइकलमा लागुऔषध जिम्मा लिन बसेको अवस्थामा फेला पारिएको चन्दले बताइन्।

पक्राउ परेकाहरूलाई वृत्त थानकोटमा राखेर अनुसन्धान थालिएको छ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ६ : ५० बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका