७ आश्विन २०८३, बुधबार | September 23, 2026

उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम उडे प्रचण्ड



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा निस्किएका छन् ।

पार्टीका उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर अध्यक्ष प्रचण्ड सेनाको हेलिकोप्टरमार्फत तेह्रथुम हिँडेका हुन् । उन आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

प्रचण्डको सचिवालयका अनुसार उनले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि उनी आठराई पुगेर ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ। आठराई प्रधानन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको जन्मथलो हो । यो ठाउँमा २०५८ साल माघ २४ गते तत्कालिन शाही नेपाली सेनाले १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको सामूहिक हत्या गरेको थियो ।

यसैगरी प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको पनि अवलोकन गर्नेछन्।

प्रचण्डले आठराई ६ मा पार्टीका नेता स्वर्गीय भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ। त्यहाँ उनले पार्टी कार्यकर्ता, स्थानीय जनसमुदायसँग समेत भेटघाट गर्नेछन् । उनले भोलि बिहान स्वर्गीयकन्दङवाको शालिकको समेत अनावरण गर्नेछन् भने दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिनेछन् । त्यसपछि उनी काठमाडौं फर्किनेछन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : ५९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज