६ श्रावण २०८३, बुधबार | July 23, 2026

विशेष अधिवेशनको माग गरेपछि मात्र सरकार संसद बोलाउन बाध्य भयो : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउँदा देशमा नयाँ चुनौति उत्पन्न हुन सक्ने बताएका छन् ।

समाजवादी मोर्चा नेपालद्वारा प्रज्ञा प्रतिष्ठानमा आज आयोजित सभामा अध्यक्ष प्रचण्डले अध्यादेशकै भरका काम गर्दा जनताका अधिकार सङ्कुचित हुनसक्नेतर्फ सचेत गराए ।

प्रतिपक्ष गठबन्धनले विशेष अधिवेशनको माग गरेपछि सरकारले अधिवेशन बोलाएको उल्लेख गर्दै प्रचण्डले संसद् बस्न अगाडि सबै विपक्षी दलहरूको बैठक बस्ने जानकारी दिए। प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले रणनीतिक विचारका आधारमा मोर्चा स्थापना गरिएकाले अहिले कम्युनिष्ट धुर्वीकरणले जनतामा नयाँ आशा र भरोसा बढेको उल्लेख गरे ।

राष्ट्रिय स्वाधीनताका लागि परराष्ट्र नीतिको परिमार्जन गर्नुपर्ने बताउँदै मोर्चाले वुद्धिजीवी, नागरिक समाजसँग छिट्टै अन्तरक्रिया गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै प्रदेशमा सन्देशसभा गरेर कम्युनिष्ट शक्ति एकताबद्ध हुने सन्देश प्रवाह मोर्चाले विचारमा एकरूपता भएका १९ बाम घटक एकताबद्ध गर्न पर्याप्त तयारी गरेको बताए ।

समाजवादको जित सम्भव रहेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा गरिबी, उत्पिडिन, विभेद्को अन्त्य गर्न समाजवादी अर्थव्यवस्था कार्यन्यवन गर्न छरिएका कम्युनिष्ट पार्टी एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा संविधानमा भएको उपलब्धिको रक्षा गर्दै वर्गीय, क्षेत्रीय सामाजिक असमानता न्यूनीकरण गर्न समाजवादी अर्थव्यवस्थाको महत्त्व रहेको विचार व्यक्त गरे ।

कार्यक्रमका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिष्ट पार्टीका दुई तिहाई बहुमतको सरकार हुँदा पनि जनताको चाहनाअनुसार देश विकास तथा आर्थिक रूपान्तरणका कार्य पूरा गर्न नसकिएको बताउँदै देशमा देखापरेका समस्या समाधान गर्न, सुशासन र सामाजिक न्यायको पक्षमा कार्य गर्न विकल्पका रूपमा मोर्चा गठन गरिएको जिकिर गरे।

राष्ट्रिय राजनीतिमा नयाँ विकल्पका रूपमा मोर्चाले राजनीतिका साथै उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा महासचिव चन्दको जोड थियो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ४१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क