२३ भदौ २०८३, मंगलबार | September 8, 2026

ब्राउन सुगर सहित २ जना पक्राउ



नेपालगन्ज । नेपाल भारत सीमाको जमुनाहा नाकाबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल ल्याउँदै गरेको ११ ग्राम बढी ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत लेखवेशी नगरपालिका-१ राटामाटाका ३० बर्षीय भक्तराज थापा र दैलेख भगवतीमाई -३ का २८ वर्षीय हिमाल खड्‌का रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेका दुबैजनालाई शंका लागि चेकजाँच गर्ने क्रममा भक्तराज थापाले लगाएको दाहिने खुट्टाको जुत्ता भित्र लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर बरामद भएको बाँके प्रहरी प्रवक्ता डिएसपी अयुस जोशीले बताए ।

उनीहरुबाट ११ ग्राम ४७० मिलि ग्राम ब्राउन सुगर फेला पारी थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ९ : ०३ बजे

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र