२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुलीको आश्वासन



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुस्तावासीलाई एक वर्षको बिजुली निःशुल्क उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

सुस्ता बचाउ अभियानले आज बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री खड्काले सुस्तावासीसँग गरिएको प्रतिबद्धता पूरा गर्न मन्त्रालयले लागिपरेको बताए । “सुस्तावासीलाई एक वर्षका लागि निःशुल्क विद्युत् उपलब्ध गराउनेबारे विद्युत् प्राधिकरणको बोर्डमा छलफल भइसकेको छ, अब चाँडो कार्यान्वयनको चरणमा जान्छ”, ऊर्जामन्त्री खड्काले भने ।

सुस्ता बचाउ अभियानले सुस्ता क्षेत्रमा लामो समयदेखि बस्दै आएका एक सय ४० घरपरिवारलाई नेपाली नागरिकता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने, जग्गा धनी प्रमाणपत्रको व्यवस्था गर्नुपर्ने, नागरिकताबाट वञ्चित भएका घरपरिवारलाई स्थानीय तहको सिफारिसका आधारमा विद्युत् मिटर जडान गर्न दिनुपर्नेलगायत माग मन्त्रीसमक्ष राखेका थिए ।

यसैगरी, सुस्ता क्षेत्रमा नारायणी नदीले प्रत्येक वर्ष डुबान र कटान गरी क्षति पुर्‍याएको भन्दै यसको तटबन्धका लागि आवश्यक वजेट निकाशा गर्नसमेत सुस्तावासीले माग गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ५४ बजे

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले