२३ चैत्र २०८२, सोमबार | April 6, 2026

लुम्बिनी प्रदेश सभाको बैठकमा बिशेष सम्वोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा



दाङ । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा बिशेष सम्वोधनकालागि निमन्त्रणा गरेको छ । फागुन ५ गते सोमवार बस्ने प्रदेश सभाको बैठकमा बिशेष सम्वोधनकालागि प्रधानमन्त्री ओलीलाई प्रदेशसभाबाट निमन्त्रणा गरिएको हो ।

सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रणा गरेका हुन् । प्रधानमन्त्रीलाई लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ ।

फागुन ५ गते प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन लगत्तै प्रधानमन्त्री ओली घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : १२ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको