२२ माघ २०८२, बिहिबार | February 6, 2026

बुटवल हस्पिटल प्रा लि र वरदान आई भि एफ बिच सम्झौता



बुटवल । एक सय बेड सञ्चालन अनुमति रहेको बुटवल हस्पिटल प्रा लिले आफ्नो सेवा र सुविधा विस्तार गर्दै लगेको छ । यसै क्रममा अस्पतालले बुटवलमा रहेको वरदान आइ भि एफ सँग उपचार सम्झौता गरेको हो ।

यो सम्झौतासँगै अब वरदान मार्फत आई भि एफ सेवा लिएका सेवाग्राहीहरुले बुटवल हस्पिटल प्रा लिमा प्रसुती सेवा लिने छन् । निशन्तान दम्पतिका लागि उपचार केन्द्र बन्दै गएका आइ भि एफबाट आउने सेवाग्राहीका लागि पनि बुटवल हस्पिटल पहिलो रोजाई बन्दै गएको छ ।

अस्पतालको भौतिक संरचना दक्ष जनशक्ति र अत्याधुनिक उपकरणका कारण बुटवल हस्पिटल प्रालि सेवाग्राहीहरूको रोजाइमा परेको हो । बुटवलमा निकै सफल रहेको वरदान आइभि एफसँग सम्झौता भएसँगै दुवै संस्थाबीचको सहकार्यले सेवाग्राहीका लागि सहज भएको छ । सम्झौता पत्रमा बुटवल हस्पिटल प्रालिका जनरल म्यानेजर देवेश कर्ण र वरदानका तर्फबाट डाइरेक्टर सबिना सिमखडाले हस्ताक्षर गरे । सो अवसरमा बुटवल हस्पिटल प्रा लिका जनरल म्यानेजर कर्णले बुटवलमा आइभिएफ मार्फत सेवा लिएका सेवाग्राहीहरुलाई अब प्रसुती सेवाका लागि अन्यत्र जान नपर्ने बताए । उनले आमा र बच्चा दुवैका लागि भरपर्दो सुविधा सम्पन्न सेवा बुटवल हस्पिटलले प्रदान गर्ने प्रतिबद्धता जनाए ।

वरदानका डाइरेक्टर सिमखडाले बुटवलमा सबै हिसाबले उपयुक्त अस्पताल बुटवल हस्पिटल नै भएकोले सम्झौता गरिएको बताए । निसन्तान दम्पतिहरूले आइभिएफ सेवा लिन यस अघि भारत र अन्य सहर जानुपर्ने भएपनि अहिले बुटवलमै यो सेवा सुरु भएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : ५५ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद