८ चैत्र २०८२, आइतबार | March 22, 2026

अध्यादेशमा संकट आएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै



काठमाडौं । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले ल्याएका ६ वटा अध्यादेश संसदबाट पारित हुने अवस्था सुनिश्चित नभएपछि बैठक बोलाइएको हो । बैठकमा संसदबाट कसरी पास गर्ने भन्ने विषयमा रणनीति बनाइने बुझिएको छ । संयन्त्रले गठबन्धनलाई मजबुद बनाउने र सरकारको कामलाई सहजीकरण गर्दै आएको छ ।

सरकारले संसद अधिवेशन सुरु भएकै दिन माघ १८ गते ६ वटा अध्यादेश संसदमा पेश गरेका थियो । २४ गते संसद स्वीकृतका लागि निर्णायार्थ पेश गर्ने भनिएको भए पनि राष्ट्रिय सभामा बहुमत नपुग्दा र जनता समाजवादी पार्टी नेपालले अध्यादेश समर्थन गर्ने सुनिश्चितता नगर्दा सरकार अप्ठेरोमा परेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ०३ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।