२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु, उपमहानगरमा मृतकको संख्या ३ पुग्यो



बुटवल । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले जनाए अनुसार बुटवल उपमहानगरपालिका वार्ड नम्बर ५ का ६७ बर्षिय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च ज्वरो आएपछि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि आईतबार बिहान ४ः ३५ बजे उनी लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लीनीकमा भर्ना भएका थिए । अस्पतालको फिभर आइसोलेसनमा आईतबार बिहानै देखि उपचाररत रहेका उनको मध्यान्ह १२ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

कोरोना संक्रमित मृतकमा पहिले देखिनैमुटुरोग, मधुमेह र प्रेसरको रोग रहेको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।

आज थपिएसँगै बुटवलमा मृत्यु हुनेको संख्यामा ३ पुगेको छ । रुपन्देहीमा अहिले सम्ममा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १ : २६ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा